मेगा बैंकको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा

  २०७५ माघ १६ गते १६:४७     विकासन्युज

काठमाडौं । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्वर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रवन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन् ।

खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरेकोमा मेगा बैंकलाई आभार व्यक्त गरेका थिए ।
ग्रामिण भेगका बासिन्दाहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय समावेशिता प्रदान गर्न लागिपरेको बताए । शाखारहित सेवा सुरु भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने र अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न जोड दिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.