गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

  २०७५ माघ १६ गते १६:१२     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन । विकास बैंकले छिट्टैनै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५७६ को दोश्रो त्रैमासको अन्त्य सम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफामा आर्जन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.