सनराइजको नाफा २४ प्रतिशतले बढेर ७२ करोड पुग्यो

  २०७५ माघ १६ गते ८:५९     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा आफ्नो नाफा २४.१३ प्रतिशतले वृद्धि गरेर ७२ करोड पुर्याएको हो । गत आवको पुस मसान्तमा सनराइजको नाफा ५८ करोड रुपैंयाँ मात्रै थियो ।

बैंकले पछिल्लो ३ महिनामा आफ्नो नाफा २७ करोडबाट ४५ करोडले बढाएर ७२ करोड पुर्याएको हो । बैंकले पुस समान्त अवधीमा १ अर्ब ७६ करोड ब्याज आम्दानी गरेको छ जुन असोजमा जम्मा ८३ करोड मात्रै थियो । सनराइजले ७६ अर्ब निक्षेप संकलन गरेर ६७ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७६.०२ प्रतिशतमा रहेको छ ।

१०.६३ प्रतिशत आधार ब्याजदर भएको बैंकको कष्ट अफ फण्ड ७.५५ प्रतिशत रहेको छ । ४.३१ प्रतिशत स्प्रेड दर रहेको सनराइजको खराब कर्जा १.२६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १९.४५ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.