सानिमा बैंकको नाफा अर्ब नजिक

  २०७५ माघ १६ गते ८:४०     विकासन्युज

काठमाडौं । सानिमा बैंकको नाफा अर्ब नजिक पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ९४ करोड नाफा आर्जन गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ८० करोड रुपैंयाँ थियो । सानिमाले गत पुस मसान्तको तुलनामा यसपाली १७.५० प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले पछिल्लो ३ महिनामा ४८ करोड नाफा वृद्धि गरेको देखिन्छ । असोज मसान्तमा ४६ करोड नाफा कमाएको बैंकले पुस मसान्तमा ९४ करोड पुर्याएको हो ।

सानिमाले असोजमा ९७ करोड ब्याज आम्दानी गरेको थियो जुन पुस मसान्तमा १ अर्ब ९१ करोड पुगेको छ । ८ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६५ करोड रुपैंयाँ रहेको छ । ०.२४ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ । ७.५७ प्रतिशत कष्ट अफ फण्ड रहेको बैंकको प्रति सेयर आम्दानी २४.६२ रुपैंयाँ रहेको छ ।

बैंकको सिडी रेसियो ७८.२५ प्रतिशत पुगेको छ । कान्छो पुस्ताका बैंकहरुमध्ये सानिमा बैंकका वित्तिय सूचांकअरु अब्बल देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.