छात्रा शौचालय बनाउन एभरेष्ट बैंकले गर्यो चार लाख सहयोग

  २०७५ माघ १५ गते १८:१९     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ ।  एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने बैंकले आशा व्यक्त गरेको छ । कार्यक्रममा बैंकका डीजीएम गिरिश कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.