सानिमा लाईफ इन्स्योरेन्सले गर्याे कन्चन विकाश र सृजनशिलसँग वीमा सम्झौता

<p>काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ ।

महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


उक्त संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Share News