सिन्धुली बजारमा ज्योति विकास बैंकको नयाँँ शाखा

  २०७५ माघ १५ गते १६:२६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको उक्त शाखाकाे उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।

देश भरि हाल बैंकको ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
बैंकको १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. साढे २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.