काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि संस्थाले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ करोड ४५ लाख रुपैयाँ कायम हुने छ । छ ।
उक्त कायम पुँजीमा कम्पनीले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद पछि संस्थाको ३ करोड ७९ लाख रुपैयाँ नाघ्ने छ ।
यसका साथै, उक्त बोनस सेयर भुक्तानी गर्दा लाग्ने कर वापत ३ लाख तीन हजार रुपैयाँ नगद लाभांश दिने संस्थाको प्रस्ताव रहेको छ ।