गोर्खाज फाइनान्सको नाफा १७१ प्रतिशतले वृद्धि, व्यवसाय विस्तार पनि राम्रो

  २०७५ माघ १५ गते १०:२३     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा नाफा १७१ प्रतिशतले वृद्धि गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा गरेको छ । गत वर्षको पहिलो ६ महिनामा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

वित्तीय क्षेत्रमा तरलता संकट हुँदा पनि यस फाइनान्सको व्यवसाय विस्तार राम्रो देखिएको छ । २०७४ साल पुस मसान्तमा फाइनान्सले ४ अर्ब ५२ करोड निक्षेप संकलन गरेकोमा २०७५ पुससम्ममा ५ अर्ब ९० करोड निक्षेप पुर्याएको छ । यस अवधिमा समग्रमा वित्तीय क्षेत्रको निक्षेप वृद्धि करिव ६ प्रतिशत रहेकोमा फाइनान्सको निक्षेप वृद्धि ३० प्रतिशतभन्दा बढी छ ।

यस अवधिमा कर्जा लगानी ४ अर्बबाट ४ अर्ब ८१ करोड रुपैयाँ बनाएको छ । कर्जा निक्षेप अुनपात (सीसीडी रेसियो) ६९ प्रतिशत रहेको छ । क्यापिटल एडेक्वसी करिव १९ प्रतिशत छ । सीसीडी रेसियो र क्यापिटल एडेक्वसी एकदमै सहज अवस्थामा रहेकोले यस फाइनान्सलाई आगामी दिन पनि व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ ।

फाइनान्सको खराव कर्जा भने ३.५८ प्रतिशतबाट ४.३२ प्रतिशत भएको छ । एनपीएल बढ्नु फाइनान्सको लागि राम्रो सूचक होइन ।
यस फाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति ८९० रुपैयाँ छ । वित्तीय परिसूचकहरु राम्रो देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.