नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ११ करोडले ओरालो

  २०७५ माघ १५ गते ८:०१     विकासन्युज

काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकको नाफा ११ करोडले घटेको हो ।
पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७२ करोड नाफा आर्जन गरेको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा १ अर्ब ८३ करोड थियो ।

बैंकले पछिल्लो ३ महिनामा निक्षेप पनि १ अर्ब मात्रै वृद्धि गर्न सफल भएको छ । असोज मसान्तमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आईपुग्दा बैंकको निक्षेप जम्मा १ अर्बले बढेर १ खर्ब ४२ अर्ब मात्रै पुगेको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा पनि १२ अर्ब रुपैंयाँ नै रहेको छ ।

बैंकले एक अर्ब निक्षेप वृद्धि गर्दा कर्जा लगानी भने ३ अर्बले वृद्धि गरेको छ । असोजमा बैंकको कर्जा लगानी १ खर्ब २४ अर्ब थियो जुन पुस मसान्तमा आईपुग्दा १ खर्ब २७ अर्ब भएको छ । बैंकको सिडी रेसियो भने ७६.४३ प्रतिशत रहेको छ ।

बैंकले ७ अर्ब ६६ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गर्दै खुद ब्याज आम्दानी ३ अर्ब ३५ करोड रुपैंयाँ गरेको देखिन्छ ।
बैंकको आधार ब्याजदर ८.९६ प्रतिशत छ भने स्प्रेड दर ४.२४ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको कस्ट अफ फण्ड भने ६.५९ प्रतिशत रहेको छ।  बैंकको प्रति सेयर नेटवर्थ १९५.१३ रुपैंयाँ रहँदा प्रति सेयर आम्दानी भने १६.१५ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.