वाणिज्य बैंककाे भन्दा विकास बैंककाे व्यापार विस्तार उच्च दरमा, निक्षेप ३०६३ अर्ब हुँदा कर्जा २७२९ अर्ब

  २०७५ माघ १४ गते २१:००     विकासन्युज

काठमाडौं । विकास बैंकहरु वाणिज्य बैंकहरुको लागि चुनौति बनेर अगाडि बढेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’ वर्गको वित्तीय संस्थाको लाईसेन्स दिएको छ भने विकास बैंकहरुलाई ‘ख’ वर्गको लाईसेन्स दिएको छ ।

गत मंसिरमा वाणिज्य बैंकहरुले १४ प्रतिशतसम्म व्याज दिएर निक्षेप तान्ने काम गरेका थिए । तर विकास बैंकहरुले १३ प्रतिशतभन्दा कम व्याजदरमा निक्षेप लिएका थिए ।

असोजदेखि पुससम्मको अवधिमा निक्षेप संकलनमा वाणिज्य बैंकहरुको भन्दा विकास बैंकहरुको वृद्धिदर उच्च देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा निक्षेप वृद्धि ५.३० प्रतिशत रहेको छ । त्यस्तै, कर्जा लगानी ५.४७ प्रतिशत रहेको छ ।

सोही अवधिमा विकास बैंकहरुले ९.८५ प्रतिशतले निक्षेप वृद्धि गरेका छन् । कर्जा लगानी ९.८४ प्रतिशतले वृद्धि गरेका छन् । यस अवधिमा वित्त कम्पनीहरुको निक्षेप वृद्धि ४.७४ प्रतिशत र कर्जा लगानी ६.१४ प्रतिशतले वृद्धि भएकाे छ ।

यद्यपी वित्त बजारमा वाणिज्य बैंकहरूकाे तुलनामा विकास बैंकहरूकाे बजार हिस्सा निकै सानाे छ । वाणिज्य बैंकमा कुल निक्षेप २६ खर्ब ५६ अर्ब रूपैयाँ छ भने विकास बैंकमा कुल निक्षेप ३ खर्ब ४१ अर्ब रूपैयाँ रहेकाे छ ।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका कुल ३० खर्ब ६३ अर्ब निक्षेप संकलन भएको छ । यो अंक नेपालको जीडीपी भन्दा करिव डेढ खर्ब बढी हो । पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले २७ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.