काठमाडौं । सोमबारको बजारमा अधिकांश लघुवित्त तथा माइक्रोफाइनान्सको सेयर मूल्य बढेको छ । साे दिन कमाउने उत्कृष्ट १० कम्पनीमध्ये ५ वटा लघुवित्त र ३ वटा माइक्रोफाइनान्सको सेयर मूल्यमा वृद्धि भएको छ ।
सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत बढी कमाएका छन् । सो दिन संस्थाको सेयर मूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ६९८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, माइक्रोफाइनान्समध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय ४.९८ र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३.९४ रुपैयाँले बढेको छ ।
त्यस्तै, माहुली सामुदायिकको ७.७४, सामुदायिकको ४.८५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४.३४, नयाँ नेपाल लघुवित्त विकास बैंकको ३.९५ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८२ प्रतिशतले बढेका छन् ।
समग्रमा सोमबारको बजार समान्य २.७९ अंकले बढेर ११६४.८९ अंकमा पुगको छ । सो दिन कुल १६५ कम्पनीको २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो मध्ये तीन कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सिभिल बैंकको प्रमोटर सेयर, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।