काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले फाइनान्सलाई चुक्ता पुँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने छ ।
हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै सोमबारको बजारमा संस्थाको सेयर मूल्य उकालो लागेको छ । सो दिन संस्थाको सेयर मूल्य ३९ रुपैयाँले बढेर प्रतिकित्ता ११७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार संस्थाको प्रतिकित्ता ११३६ रुपैयाँबाट सेयर कारोबार शुरु भएको थियो ।