स्थायी लेखा नम्बरको नकरात्मक हल्लाको पछि नलाग्नुस्, ढुक्कले लगानी गर्नुस्- बोर्ड

<p>काठमाडौं । हालका दिनमा बजार तथा विभिन्न संचार माध्यममा स्थायी लेखा नम्बरको विषयलाई लिएर भईरहेको नकारात्मक टिकाटिप्पणीहरु प्रति नेपाल धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गरी यस विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी बुझेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हाे । यसैबीच विभिन्न लगानीकर्ताहरुका संस्थाहरुले स्थायी लेखा नम्बरको कार्यान्वयन [&hellip;]</p>

काठमाडौं । हालका दिनमा बजार तथा विभिन्न संचार माध्यममा स्थायी लेखा नम्बरको विषयलाई लिएर भईरहेको नकारात्मक टिकाटिप्पणीहरु प्रति नेपाल धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गरी यस विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी बुझेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हाे ।

यसैबीच विभिन्न लगानीकर्ताहरुका संस्थाहरुले स्थायी लेखा नम्बरको कार्यान्वयन सम्बन्धमा आइतबार(माघ १३ गते) मात्रै बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल सरकारको चालु आ.व. २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था लागू गर्न नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई लेखी पठाएको बोर्डले जनाकारी दिएको छ ।

स्थायी लेखा नम्बर सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत छलफल गराई पूर्वाधारको तयारीको आधारमा यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बोर्डको भनाई छ ।

बोर्डले बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने छ । यस विषयमा नेपाल सरकार, आन्तरिक राजस्व विभाग समक्ष यथार्थ स्थितिको जानकारी गराइने बोर्डले बताएको छ ।

Share News