बजार १० अंकले घट्दा २१ कम्पनीका लगानीकर्ताले कमाए, १४३ ले गुमाए

<p>काठमाडौं । आइतबारको बजार १०.६८ अंकले घटेर ११६२.०९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको सो दिनको बजारमा २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । पछिल्लो कारोबार अर्थात बिहीबारको तुलनामा आइतबार कारोबारमा आएका मध्ये २१ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार देखिएको छ । सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७८ प्रतिशत कमाएका छन् । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । आइतबारको बजार १०.६८ अंकले घटेर ११६२.०९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको सो दिनको बजारमा २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । पछिल्लो कारोबार अर्थात बिहीबारको तुलनामा आइतबार कारोबारमा आएका मध्ये २१ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार देखिएको छ ।

सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७८ प्रतिशत कमाएका छन् । त्यस्तै, कन्काई विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ३.२५ र २.८८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था, युनाईटेड फाइनान्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, प्राइम कमर्शियल बैंकको प्रमोटर सेयर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा कम र शून्य प्रतिशतभन्दा बढीले उकालो लागेको छ । त्यस्तै, अन्य बाँकी १३ कम्पनीको सेयर मूल्य सामान्य अंकले बढेको छ ।

आइतबारको बजारमा कुल १६४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये २१ कम्पनीको मूल्यमा सामान्य सुधार देखिएको छ भने बाँकी १४३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सबैभन्दा बढी छ्याङ्दी हाइड्रोपावरका लागानीकर्ताले ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, जनता बैंक नेपालको प्रमोटर सेयर मूल्य ६.४२ प्रतिशतले घटेको छ भने अन्य बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा कम अर्थात सामान्य अंकले ओरालो लागेको छ ।

आइतबार कमाउने १० कम्पनीका साथै कारोबारमा आएका १० समूह

दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका १० वटै समूह राताम्मे भएका छन् । सो मध्ये निर्जीवन बीमा समूह ९३ अंकले ओरालो लागेको छ ।

आइतबारको बजारमा कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २६७ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल बैंक, जनता बैंक नेपालको प्रमोटर सेयर, नागरिक लगानीकोष, एनआईसी एशिया बैंक र एनएमबी बैंकको करिब एक करोडको सेयर कारोबार भएको छ ।

Share News