ई-सेवा १० औँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही

  २०७५ माघ ११ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक ‘ई-सेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवा हाल सबै ठाँउमा पुग्न सफल भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल ई-सेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

ई-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इ इसेवाका सेवा लिइरहेका छन् । ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा  बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज भएको छ । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.