एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग

  २०७५ माघ ११ गते ११:३१     विकासन्युज

काठमाडौं । एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ  । उक्त कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए ।

एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो ।

मुलुकभर २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरु सहयोग गर्दै आईरहेको एनआईसी एशिया बैंकका २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवंम २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.