एनसीसी बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखा, उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय मार्फत बैंकका ग्राहकहरुले सरल एवंम [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखा, उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय मार्फत बैंकका ग्राहकहरुले सरल एवंम सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न एवंम हरेक प्रकारका निर्जिवनबीमा सेवा प्राप्त हुनेछ ।

Share News