सांग्रिला र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ माघ १० गते १६:४५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धि सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार उक्त ईन्स्योरेन्स कम्पनी बाट बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हालै सञ्चालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्सको ले प्रदान गर्ने सेवा लिन सक्ने छन् ।

हरेक शाखाबाट बैंकिङ्ग सेवाको अतिरीक्त उक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध पोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धि सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.