राष्ट्र बैंकको ढुकुटीमा पौने पाँच अर्ब मात्रै, बजार पुग्यो पौने ५ खर्ब

  २०७५ माघ १० गते १०:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा जम्मा ४ अर्ब ८५ करोड ६१ लख ३५ हजार ५ सय ४० रुपैंयाँ मात्रै रहेको छ । राष्ट्र बैंकले जारी गरेको ६ महिनाको अपरिस्कृत वासलात अनुसार बैंकको ढुकुटीमा पौनै पाँच अर्ब रुपैंयाँ मात्रै रहेको छ । केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथली भवन भत्किएसँगै नोट भण्डारणका लागि समस्या हुँदै आएको छ ।

केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ४ खर्ब ८० अर्ब २२ करोड रुपैंयाँ बराबरका नोट निष्काशन भएका छन् । सोमध्ये ४ खर्ब ७५ अर्ब ३६ करोड ३८ लाख ६४ हजार ४ सय ६० रुपैंयाँ बराबरका नोट भने चलन चल्तीमा रहेका छन् ।
हाल राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५ सय र १ हजारका नोट छाप्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.