प्रभु बैंकको बढायो ७० प्रतिशत नाफा, रिजर्भ ७५ करोडले बढ्दा सीसीडी रेसियो खुकुलो

  २०७५ माघ १० गते ८:२५     विकासन्युज

काठमाडौं । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको हो । नियामकीय समायोजनको रकम पोजेटिभ देखिएसँगै १ अर्ब ४ करोड खुद नाफा भएको बैंकको स्वतन्त्र नाफा सो आकारमा रहन गएको हो ।

८ अर्ब २३ करोड चुक्ता पुँजी भएको उक्त बैंकले तीन महिनाको अवधिमा रिजर्भको आकार ४ अर्ब ८५ करोडबाट बढाएर ५ अर्ब ६० करोड पुर्याएको छ । यो करिब ७५ करोडको बढोत्तरी हो ।

बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । यसो हुँदा बैंकको सीसीडी अनुपात ७६.५९ प्रतिशतमा झरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.४७ प्रतिशत, कस्ट अफ फण्ड ६.१९ प्रतिशत, बेसरेट ९.३७ प्रतिशत तथा मूल्य आम्दानी अनुपात ९.६८ प्रतिशत कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.