महेश ढकाल बने ग्लोबल आईएमई बैंकको कामु सिइओ

  २०७५ माघ ९ गते १६:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए ।

सिइओले राजीनामा दिएपछि अर्काे व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले विकासन्युजसँग बताए ।  तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.