सिटिजन्स बैंकले पायो अवार्ड, वार्षिक लेखा प्रतिवेदन उत्कृष्ट

  २०७५ माघ ९ गते १४:३६     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउण्टेन्टस्(साफा)ले माघ ८ गते भारतको पुणेमा सम्मानित गरेको छ । बैंकलाई साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ प्रदान गरिएको हो । निजी क्षेत्रका बैंकहरु विधामा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड दिंदै आएको छ । साफाले यो अवार्ड वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशाशनका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई अवार्ड दिइन्छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.