कादुरी एग्रिकल्चरलको लगानीमा रुकुमको भूमे गाँउ झिलिमिली

  २०७५ माघ ७ गते १४:३३     विकासन्युज

काठमाडौं । रुकुम जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी)लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ ।

कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो ।

निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं ३ र ४ तथा वडा नं ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ ।

यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट ४५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार ५३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको भनाई रहेको छ । उनले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं– ६ को खाम्दै र तमारी तथा वडा नं ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताएका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.