महिला सहयात्रा माइक्रोफाइनान्सले ८ % नगद लाभांश वितरण गर्ने

  २०७५ माघ ५ गते १५:०४     विकासन्युज


काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नपा ९, चित्लाङको सभा कक्षमा माघ ५ गते सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव २०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव २०७४÷०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ % नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिबेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७५/०७६ को लागि वाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.