शेयरधनीलाई २०% नगद लाभांस दिने सनराइज क्यापिटलको घोषणा

  २०७५ पुष ३० गते १४:४६     विकासन्युज

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडको आठौँ बार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आब २०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आब २०७५/०७६ को लेखा परीक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ ।

कम्पनीको साधारण सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिति कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आब २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.