खानेपानी मन्त्री मगरले भनिन्- विकासको काममा कसैले अवरोध नगरौं

  २०७५ पुष २७ गते १८:५६     विकासन्युज

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भुमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुगेकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भुमिका अपरिहार्य भएको बताइन् । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्याउन नहुने धारणा राखिन् ।

थारू संस्कृतिको सम्बर्द्धनको विषयमा उनले गाउँगाउँ बीच संस्कार तथा परम्पराहरु आदानप्रदान हुनुपर्ने बताइन् । नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जानकारी दिइन् ।

उनले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताइन् । उनले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाएकी छिन्।

मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । थारूहरूको महान पर्व माघे सकान्तिको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ ।

कार्यक्रममा उपस्थित कार्यक्रमका विशिस्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गरिन् । उनले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । “थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पौर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताइन् ।

तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरे ।

मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदी राखिएका छन् ।

कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकरी गराए । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजारभन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.