काठमाडौँ भ्यू टावर निर्माणमा ढिलाई, साढे ३ अर्ब लागत लाग्ने अनुमान

  २०७५ पुष २६ गते १४:३४     विकासन्युज

काठमाडौँ । करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकनस्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन ।

निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको छ ।

उक्त भ्यू टावर निर्माणका लागि रु तीन अर्ब ५० करोड लाग्ने अनुमान रहको छ ।

कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्र्व काफ्लेका अनुसार सम्झौता भएको काम हुने हो र अहिले त कम्तिमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो तर त्यस्तो अवस्था नरहेको बताएका छन् ।
स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कलासंस्कृति झल्किने खालको हुने, कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई कर स्वरुप रु पाँच करोड बुझाइसकेको छ ।

स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् ।

हालसम्ममा जमीन मुनी ८० प्रतिशत काम भएको छ भनेमाथि नगन्य मात्रामा मात्रै काम भएको छ, समग्रमा १५ प्रतिशत मात्र काम भएको छ । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउने व्यहोरा रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.