नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको र्याली सम्पन्न

  २०७५ पुष २५ गते १७:०५     विकासन्युज

काठमाडौं । नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको भब्य र्याली सम्पन्न भएको छ । सुजुकी टु ह्वीलर्सको नेपालगञ्जका लागी आधिकारीक विक्रेता नेपाल ट्रेड इंटरनेशनलले सुजुकी वर्गम्यान १२५ सी सी को भब्य र्याली सम्पन्न गरेसँगै, केही दिन अगाडी एउटा कार्यक्रमबीच बिक्री शुभारम्भ गरेसँगै उक्त र्याली गरेका हुन् ।
नेपाल ट्रेड इंटरनेशनलले सेल्स, सर्भिस र स्पियर्स सजिलो संग उपलब्ध गराउदै आएको छ । सानिमा बैंकका नेपालगञ्ज ब्रान्च म्यानेजर प्रमुख अतिथि मौसम केसीबाट सुजुकी वर्गम्यान १२५ सीसीको र्यालीको शुभारम्भ भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि पत्रकार महासंघ निवर्तमान अध्यक्ष झलक गैरेको उपस्थिति थियो ।

साथै अतिथिमा नेपालको लागी भी जी सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइराला ले पनि दैनिक जीवनमा मानवको लागी स्कूटर जीवन साथी जस्तै भएको छ । सबैलाई समयमा पुर्याउने सुजुकी ब्राण्ड जापनिज कम्पनिको भएकोले ५ बर्षको वारन्टी दिएके छ । सुजुकी बर्गम्यान नेपालगंज परिक्रमा हुने गरी ¥याली पनि सम्पन्न भएको थियो ।

हाल नेपालमा उपलब्ध स्कुटरहरु मध्य १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी वर्गम्यान १२५ मा ७ हजार ५ सय आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रह भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ ।

यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा नेपाल ट्रेड इंटरनेशनलका संचालक पुष्कल नेपालले जानकारी गराएका थिए । हाल यसको बजार मूल्य रु.२ लाख २९ हजार ९०० रहेको छ । नेपालभर ८३ ठाउबाट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री वितरण नेपालको ठुलो घराना भी जी अटोमोबाइलसले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.