निर्माण लागतमा ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा

  २०७५ पुष २५ गते १४:००     विकासन्युज

काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले संरचनाको लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने भएकाे छ । परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिनेछ ।

संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिन्छ । यो ब्लक उत्पादनको क्रममा निकै थोरै परिमाणमा ऊर्जा आवश्यक पर्ने हुँदा हानिकारक ग्यास उत्सर्जन नहुने भएकोले यसलाई वातावरणमैत्री मानिएको हो । मेल्टिङ प्वाइन्ट २९सय फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२ सय फरेनहाइटको तुलनामा दोब्बर भन्दा पनि धेरै हुनेछ ।
ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने  हुँदा लाग्ने सामान र श्रमिक खर्चको बचत हुने जानकारी  बाहिर १० एमएम मात्र प्लास्टर गरे पुग्नेछ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् । उक्त ब्लक प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ ।

कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसावले सुरक्षित मानिएको छ । एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एमसी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिजुलीको बिल ३० प्रतिशतले घटाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.