एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जको फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

  २०७५ पुष २२ गते ११:१५     विकासन्युज

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो ।

तीन महीनाभित्र यसको निर्माण सकेर सञ्चालनमा ल्याउँने नगरप्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । नेपालगन्जले कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन । अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो ।

जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.