सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण

<p>सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्ध कमलराज गौतमको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीहरुमा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतम थिए । प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती ईश्वरीदत्त भट्ट लगायत स्थानीय [&hellip;]</p>

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीका महा प्रवन्ध कमलराज गौतमको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीहरुमा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतम थिए ।

प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती ईश्वरीदत्त भट्ट लगायत स्थानीय समाजसेवी, पत्रकार, उपस्थिती रहेको थियो ।

खलङ्गाको खुला मञ्चमा भएको बीमा जागरण कार्यक्रममा दार्चुलाका जिल्ला न्यायधीस गौतमले मन्तब्य दिनुका साथै महा प्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

Share News