एभरेष्ट इन्स्योरेन्स  र नर्भिक इन्टरनेशनल हस्पिटलबीच  स्वास्थ्य सेवा सम्झौता

  २०७५ पुष १७ गते १५:१६     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ कियर स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.