माघदेखि बाटोमा छाप्ने पानी सोस्ने ब्लक बन्दै, एक करोडकाे लगानी

  २०७५ पुष १६ गते १८:४३     विकासन्युज

काठमाडौं । दुई हप्ता पछाडिबाट नेपालमै पहिलोपटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । यसको लागि गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले चीनबाट मेशिन झिकाई जडान गर्ने काम गरिरहेको छ ।

गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालले चिनियाँं इन्जिनियरहरुलाई नेपाल भित्राई मेशिन जडान गर्ने काम भइरहेको जनाए । ‘एक हप्ताभित्र मेशिन जडानको काम सकिन्छ, सीईओ दुवालले थपे, ‘अर्के एक हप्ता परीक्षण उत्पादन गर्छाै र अर्काे हप्ताबाट बजारमा पठाउने गरी उत्पादन गर्नेछौ । यस हिसावले माघको पहिलो हप्ताबाट नै सामान उत्पादन हुन्छ ।’ काराखाना भक्तपुरको चाँंगुनारायण रोडमा छ । कारखानाले यसका लागि थप एक करोड लगानी गरेको जनाएको छ ।

हाल नेपालमा प्रयोग भइरहेको भन्दा भिन्न प्रकारको व्लक उत्पादन हुने कम्पनीले जनाएको छ । हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने जनाइएको छ ।

उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइने जनाइएको छ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ । काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ । काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् ।

नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको जनाइएको छ । कम्पनीले भनेको छ, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययन पश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’

व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्ट्रेन्ड (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफनो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ ।

व्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ । यो छाप्न विशेष प्राविधिक चाहिँंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.