१५ कम्पनीका भिसा कार्डबाट सामान किन्नुस्, १५ प्रतिशत पैसा फिर्ता पाउनुस्

  २०७५ पुष १६ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै ‘भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९’ योजना ल्याएको छ । बैंकले भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा नयाँ वर्षको अवसरमा लोयल्टी प्रोग्राम अन्तर्गत ‘सनडे फनडे’ र ‘वाउ ओईनस्डे’ गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरेकाे हो ।

‘सनडे फनडे’ अन्तर्गत यी १५ वटा बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार भिसा कार्ड मार्फत सामान किन्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने छन् । जसका लागि ग्राहकहरुले देशभरका पोस (पोइन्ट अफ सेल टर्मिनल) हरुमा सामान तथा सुविधा खरिद गरी भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेपछि मात्रै आफ्नो खातामा सो मात्राको नगद फिर्ता पाउने छन् ।

त्यस्तै, ‘वाउ ओईनस्डे’ योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम ७५० रुपैयाँसम्म गिफ्ट भौचर पाउने छन् ।

भिसा कार्ड संजालसँग हाल सेन्चुरी बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्स आवद्ध रहेका छन् । यो योजनाबाट यी १५ वटै कम्पनीका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।

यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकहरु आकर्षित हुुने बैंकहरुले विश्वास गरेका छन् । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.