सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता

  २०७५ पुष १६ गते १४:४३     विकासन्युज

काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.