अब सम्पूर्ण भुक्तानी सीजी पे बाटै गर्न सकिने, राष्ट्र बैंकले दियाे अनुमति

  २०७५ पुष १६ गते १४:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि. लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।

सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशीतथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ । सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.