सुबिसुले ल्यायो भयंकर अफर, इन्टरनेट र क्लियर टिभी सेवामा विशेष छुट

  २०७५ पुष १५ गते १८:४५     विकासन्युज

काठमाडौं । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी प्रिमियम प्याक अफरः
क्लियर टिभी सेवा अन्तर्गत मात्र ९९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा पाइने छ । २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हुने । साथै, सेट–टप बक्स र जडान सेवा पाउन सकिने कम्पनीले जनाएको छ ।

सुबिसु इन्टरनेट– फाष्ट प्याक अफर

इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि पाइने छ । साथै, माेडेम र जडान सेवा मात्र १५०० हजार(कर सहित)मा प्राप्त गर्न सकिनेछ ।

सुबिसु इन्टनेट एण्ड क्लियर टिभी– कम्बो प्याक अफर

इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगत मात्र २३०० रुपैयाँ(कर सहित)मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट पाइने छ । साथै, क्लियर टिभी प्रिमियम प्याकेज र २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हेर्न पाइने छ। साथैं माेडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

साथै, सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्स्क्रिपशन प्राप्त गर्ने छ ।
बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी पाउने छन् । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.