एनसीसी बैंकले पाल्पाको अर्गलीमा खोल्यो नयाँ शाखा

  २०७५ पुष १५ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पाल्पा जिल्लाको अर्गलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा रुरु संस्कृत विद्यापिठका प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन न.पा.वडा नं.१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.