सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

  २०७५ पुष १५ गते १७:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग हुनेछ ।

सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम र १ हजार १०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.