नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा सिराहामा, प्रदेश न.२ का अर्थमन्त्रीले गरे उद्घाटन

  २०७५ पुष १५ गते १६:५६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सिराहा जिल्लाको भगवानपुर बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन प्रदेश न.२ को अर्थमन्त्री बिजयकुमार यादव, नेशनल माइक्रोफाइनान्सका संचालक समितिको अध्यक्ष केशवप्रसाद आर्चाय, पुर्व मन्त्री राजलाल यादव, भगवानपुर गाउँपालिकाको अध्यक्ष बेचनप्रसाद यादव र संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामबहादुर यादवले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा भगवानपुर गाउँपालिकाको उपाध्यक्ष सितादेवी यादवसहित करिब एक हजार जनाको सहभागीता रहेको थियो ।

संस्थाको सीईओ यादवले लघुवित संस्थाको आवश्यकता प्रभावकारीताको साथै संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतिको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् । साथै, उनले शाखा कार्यालयको उत्तरोतर प्रगतिको कामना गरेका छन् । कार्यक्रमको संचालन विभागीय प्रमुख विजयकुमार घिमिरेले संचालन गरेका थिए ।

संस्थाले चालु आर्थिक वर्षको २०७५ असोज मसान्तसम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्ब ६३ करोड रुपैयाँ र बचत ८४ करोड रुपैयाँभन्दा बढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।

साथै, ग्राहकहरुमा उद्यमशिलता विकास गर्नका लागी आवश्यकता पहिचान गरि सीप विकाश तालिम तथा कार्यक्रमतर्फ मुख्य ध्यान दिने सीईओ यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.