सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स सम्झौता

  २०७५ पुष १५ गते १०:२०     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स संझौता भएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सानिमा लाईफ इन्स्योरेन्सका नायव महा प्रबन्धक केशव राज के.सी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहकहरुले एनआईसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधि युक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग  गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.