अब ५ रुपैयाँमै १० लाखको सुरक्षा पाइने, सन नेपाल लाइफले ल्यायाे ५ वर्षे जीवन बीमा

<p>काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट [&hellip;]</p>

काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँ बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जनाएको छ ।

१६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने इन्स्योरेन्सले बताएको छ ।

Share News