नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित, बाँकी पदमा कस्ले जिते ?

<p>काठमाण्डौ । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले इटहरी जेसीजका तर्फबाट उम्मेदारी दिएका थिए । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पौडेल, रमेशचन्द्र भुसाल, र अमेश ढकाल विजयी भएको निर्वाचन समितिले जनाएको [&hellip;]</p>


काठमाण्डौ । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले इटहरी जेसीजका तर्फबाट उम्मेदारी दिएका थिए ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पौडेल, रमेशचन्द्र भुसाल, र अमेश ढकाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यता, राष्ट्रिय उपाध्यक्ष पदमा मोहनलाल डाँगी, रूक्मणी सिग्देल, लालमणि भण्डारी, भोजराज चापागाई, इनु थापा, सुमन कृष्ण श्रेष्ठ, हरिकुमार शर्मा, कमल भण्डारी, गोकुल सापकोटा, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा विजयी भए ।

Share News