मुख्यमन्त्री पौडेल भन्छन्-परियोजना बैंकको कार्यान्वयन छिट्टै हुन्छ

  २०७५ पुष ८ गते १८:१७     विकासन्युज


हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताएका छन् ।

आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उनले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरुलाई परियोजना बैंकमा राखेर मात्र कार्य प्रकृया अगाडि बढाईने बताए ।

योजनाहरु हरेकका खल्तीबाट आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समाबेश योजनाहरुलाई प्राथामिकतामा राखिने बताए । ‘परियोजना बैंक बनेपछि खल्तीबाट आउने योजनाहरुको अन्त्य हुनेछ’–मुख्यमन्त्री पौडेलले भने ।

व्यक्तिका खल्तीबाट आउने योजनाहरुलाई निरुत्साहित गर्दै संस्थागत योजनाहरु कार्यान्वयनमा परियोजना बैकको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । चालु आर्थिक बर्षका योजनाहरु सुरु भईसकेकाले आगामी आर्थिक बर्षमा परियोजना बैंकका योजनाहरु कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।

चालु आर्थिक बर्षभित्र नै परियोजना बैंक निर्माण गरी आगामी आवबाट लागू गर्ने गरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाले जानकारी दिए । बैंकको स्थापना पछि व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक आबश्यकका आधारमा छनौट गर्ने र कार्यन्वनका चरणमा लैजाने पनि सरकारले योजना अगाडि सारेको छ ।

परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तिब्रता दिन लागेको हो ।

परियोजना बैकको पहिलो चरणको खाका तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रस्तुती समेत गरे । कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिबहरु समेत सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.