काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ भृकुमण्डपमा शुरु भएको छ । शुक्रबार उर्जामन्त्री वर्षमान पुनले मेलाको उद्घाटन गरेका हुन् ।
नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले अब अबको ५ वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने दाबी गरे । ‘ढुक्क भएर विद्युतमा लगानी गर्नुहोस् हामी तपाइको लगानी डुब्न दिदैंनौं मन्त्री पुनले भने सरकार पुर्ण रुपमा सुखि नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको छ ।’ पुनले नेपालमा उत्पादन भएको सामाग्री प्रयोग गर्न केहि कानून बाधक भएकाले त्यस विषयमा छलफल भैरहेको बताए ।
उर्जा विकासले केहि बर्षमै नेपालले इन्धन आयातमा ठूलो रकम कटौती हुने उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुलास गोल्छाले बताए । यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले ट्रान्सफर आयतमा रोक लगाई नपाली प्रयोग गर्नु पर्नेमा जोड दिए ।
निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् । त्यस्तै, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।
मेलामा करिब १ लाख भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । मेला पुस १० गतेसम्म चल्नेछ ।