नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन, बिहीबार बढेर प्रतिकित्ता ४७५ रुपैयाँ पुग्यो

  २०७५ पुष ५ गते १३:४२     विकासन्युज

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७१२.११ रुपैयाँ रहेको छ ।

समायोजन गर्दा मूल्य घटेको संस्थाको सेयर मूल्य बिहीबार बढेको छ । बुधबार प्रतिकित्ता ४६५.२२ रुपैयाँमा रहेको लघुवित्तको सेयर मूल्य बिहीबार बढेर ५३५ रुपैयाँसम्म पुगेको छ । मूल्य समायोजन पछि कम्पनीको बिहीबार पहिलो पटक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.