स्वावलम्बन लघुवित्तका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

  २०७५ पुष ४ गते १६:४७     विकासन्युज

कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ ।

वित्तीय सस्थामा हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नविल बैंक, रहेका छन । संस्थाले गत कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.