एक बर्ष स्मार्टफोनबिना बस्नेलाई एक करोड पुरस्कार

  २०७५ पुष ४ गते १४:४०     विकासन्युज

काठमाडौं। के तपाईं पुरा एक बर्ष आफ्नो स्मार्टफोन बिना बस्न सक्नुहुन्छ ?

यदी तपाईंलाई यसो गर्न सक्छु जस्तो लाग्छ भने, भिटामीनवाटर भन्ने पेयपदार्थ संस्थाले “नो फोन फोर अ ईयर” अर्थात एक बर्ष बिना फोन
बस्ने प्रतियोगिताको सुचना जारी गरेको छ जसको विजेताले पुरा एक बर्ष आफ्नो स्मार्टफोनलाई पूर्ण रुपमा त्याग्नुपर्ने हुन्छ र जसबापत उपहार स्वोरुप विजेताले एक करोड ( $ १००,०००) जित्नेछ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि तपाईले जनवरी ८ सम्ममा आफ्नो ट्वीटर वा ईन्सटाग्राममा एउटा पोस्ट गरि कसरी तपाईंले पुरा एक बर्ष फोन बिना बस्नुहुन्छ भनेर ह्यास्ट्याग #nosmartphoneforayear #contest सहित लेख्नुपर्ने हुन्छ। कम्पनीले विजेता क्रिएटिभिटी र ह्युमरको आधारमा छान्ने छ।

जो त्यस लेखबाट छनोट हुनेछन् उसले पुरा एक बर्ष आफ्नो स्मार्टफोन, ट्याबलेटबाट टाढा बस्नुपर्ने हुन्छ। तर ल्याप्टप वा डेस्कटप कम्प्युटर प्रयोग गर्न भने उनलाई अनुमति दिईनेछ। ईमर्जेन्सी भएको खण्डमा भने प्रतियोगीलाई १९९६-युगको सेलफोन दिईनेछ।

प्रतियोगिताको अन्तिम समयमा झुट पत्ता लगाउने मेसिनले प्रतियोगीलाई जाँचिने छ।

यदी प्रतियोगी ६ महिनासम्म मात्र टिक्न सक्यो भने उसले दस लाख ( $१०,०००) मात्र पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.