सम्पति रुपान्तरण सहित कम्पनी मोडेलमा जान यातायात २९२ समिति तयार

<p>काठमाडौं । २९२ यातायात व्यवसायीहरु कम्पनी मोडेलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक निर्णयबाट कम्पनी मोडेलमा जान तयार भएको हो । महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती सिधैं कम्पनीको नाममा जानुपर्ने माग राखेका हुन् । समितिको सम्पति कम्पनीको नाममा स्थानान्तरण भए आफुहरु कम्पनी मोडेलमा जान तयार रहेको महासंघका [&hellip;]</p>

काठमाडौं । २९२ यातायात व्यवसायीहरु कम्पनी मोडेलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक निर्णयबाट कम्पनी मोडेलमा जान तयार भएको हो ।

महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती सिधैं कम्पनीको नाममा जानुपर्ने माग राखेका हुन् । समितिको सम्पति कम्पनीको नाममा स्थानान्तरण भए आफुहरु कम्पनी मोडेलमा जान तयार रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार सम्पति रुपान्तरणको व्यवस्था मिलाउन प्रधानमन्त्री, यातायात मन्त्री, गृहमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइएको छ ।

सस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ समितीहरुको चल अचल सम्पत्ति ,दायित्व ,कर्मचारी तथा सवारीसाधन रुपान्तरण सहितको प्राली मा रुपान्तरण गर्न महासंघले औपचारिक निर्णय गरेको हो ।

Share News